top
ImageKhabar
शनिबार, 3 कार्तिक, 2075 Saturday, October 20, 2018

ImageKhabar Archive

थ्रीस्टारलाई हराउँदै आर्मी सेमिफाइनलमा  |  Published: January 25, 2016  |  सोमबार 11 माघ, 2072  |  7:45 PM  |  Viewed: 4175 times

अपडेटः
पोखरा, माघ ११ । त्रिभुवन आर्मी क्लब पोखरामा जारी १४औं आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

सोमबार भएको क्वार्टरफाइनलमा राष्ट्रिय लिगको प्रतिद्धन्द्धी थ्रीस्टार क्लबलाई १–० ले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मीलाई जिताउनेक्रममा म्यान अफ द म्याच दीप लामाले ३०औं मिनेटमा निर्णायक गोल गरेका हुन् ।

थ्रीस्टारले सीधै क्वार्टरफाइनल खेल्ने अवसर पाएको थियो भने आर्मीले प्रिक्वार्टरफाइनलमा जावलाखेल युथ क्लबलाई हराएको थियो ।

आर्मीले अब सेमिफाइनलमा आयोजक सहारा क्लबसँग खेल्नेछ ।

प्रतियोगितामा मंगलबार सेमिफाइनल समीकरण पूरा हुँदैछ । अन्तिम क्वार्टरफाइनलमा बंगलादेशको टिम र झापा–११ भिड्ने छन् ।

झापा–११ ले प्रिक्वार्टरफाइनलमा नेपाल पुलिस क्लबलाई हराएको थियो भने बंगलादेशको टिमले सीधै क्वार्टरफाइनल खेल्न लागेको हो । यो खेलको विजेताले सेमिफाइनलमा मनाङ–मर्स्याङ्दी क्लबसँग खेल्नेछ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell