top
ImageKhabar
मंगलवार, 3 पुष, 2075 Tuesday, December 18, 2018

ImageKhabar Archive

सर्वोच्चको आदेशअनुसार जलेश्वर कारागारका चौकीदार कैदमुक्त  |  Published: January 25, 2016  |  सोमबार 11 माघ, 2072  |  9:25 AM  |  Viewed: 890 times

गौशाला, माघ ११ । जलेश्वर कारागारका चौकीदार गणेशी मण्डल आइतबार साँझ कैदमुक्त भएका छन् ।

धनुषा जिल्लाको बिन्धी गाविस– ५ बस्ने ५० वर्षीय गणेशी मण्डल कर्तव्य ज्यान मुद्दामा २०६६ साल जेठ २४ गतेदेखि जलेश्वर कारगारमा रहँदै आएकामा दुई वर्षदेखि उनी सो जेलका चौकीदार भएका थिए ।

विसं २०७० देखि चौकीदार पदमा रहँदै कारागारको भित्री प्रशासन चलाउँदै आएका उनी आइतबार साँझ कैदमुक्त भएको जेलर शोभेन्द्र्र ठाकुरले बताए ।

चौकीदार मण्डललाई धनुषा जिल्ला अदालतबाट २० वर्ष कैद तोकी पठाइएको थियो भने उनको मुद्दा पुनरावेदनपछि सर्वोच्च अदालतसम्म पुगेर लडेकामा उनलाई सर्वोच्चले सफाइ दिएपछि उनी कैद मुक्त भएका हुन् ।

सर्वोच्चले चौकीदार मण्डललाई छ वर्ष कैद तोकेकोमा उनले सो कैद अघि नै काटिसकेकाले उनलाई कैदमुक्त गरिएको जेलर ठाकुरले बताए । (रासस)

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell