top
ImageKhabar
बिहीवार, 28 कार्तिक, 2076 Thursday, November 14, 2019

ImageKhabar Archive

तेह्रथुममा कोदोको उत्पादन बढ्यो  |  Published: January 25, 2016  |  सोमबार 11 माघ, 2072  |  9:34 AM  |  Viewed: 426 times

तेह्रथुम, माघ ११ । तेह्रथुममा यस वर्ष कोदो उत्पादनमा वृद्धि भएको छ । विगत वर्षभन्दा यसवर्ष मौसम अनुकुल भएसँगै करिब १० प्रतिशतले कोदो उत्पादन बढेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

जिल्लाको २ हजार ७ सय २ हेक्टर जमीनमा लगाइएको कोदो खेतीबाट यसवर्ष ३ हजार २ सय ४२ मेट्रिक टन उत्पादन भएको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत मनोजकुमार यावदले जानकारी दिए ।

गतवर्ष २ हजार ८ सय मेट्रिक टन कोदो मात्र उत्पादन भएको थियो । कार्यालयका अनुसार जिल्लाका करिब ७० प्रतिशत बढी किसानले कोदो खेती गर्छन् । भिरालो जमिन बढी भएको पहाडी जिल्ला भएकाले धान भन्दा बढी कोदो खेती हुने गरेको छ ।

जनजाति समुदायको बाहुल्यता रहेको तेह्रथुममा उत्पादित कोदोको धेरै मात्रा रक्सी बनाउन खपत भए पनि ग्रामीण क्षेत्रमा अझै पनि खाद्यान्नको रुपमा प्रयोग हुने गरेको छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell