top
ImageKhabar
बिहीवार, 28 कार्तिक, 2076 Thursday, November 14, 2019

ImageKhabar Archive

सबै क्षेत्र 'र'का एजेन्टले घेरिएका छन् : एमाले सांसद मानन्धर  |  Published: January 25, 2016  |  सोमबार 11 माघ, 2072  |  9:55 AM  |  Viewed: 1533 times

काठमाडौं, माघ ११ । एमाले सांसद रामवीर मानन्धरले मुलुकका सबै क्षेत्रमा 'र'को चलखेल रहेका कारण मुलुकले सही ढंगबाट अगाडि बढ्न नसकेको  बताएका छन् । उनले नेपाली राजनीतिमा 'र'को प्रभाव बढ्दै गएका कारण राजनीतिले उपयुक्त निर्णय लिन नसकेको दावी गरे । नेपालबाट 'र'को सक्रियतालाई निष्तेज गर्नु नै नेपालीको ठूलो चुनौती रहेको उनले बताएका छन् ।

justify;">उनले सरकारले संविबधान घोषणा गरेर ऐतिहासिक काम गरेको दावी गर्दै संक्रमणकालीन अवस्थाको सरकारबाट धेरै अपेक्षा गर्न नहुने बताए । 'आफ्ना छोरा छोरीलाई छात्रावृत्ति माग्दै दूतावास धाउने नेताहरुको नेपाली राजनीतिमा बाहुल्यता रहेका कारण भारतको हस्तक्षेप बढेको उनले बताए ।'

संविधानले कसैलाई भेदभाव नगरेको दावी गर्दै उनले भने - 'संविधानमा के राख्ने र नराख्ने त नेपालीको अधिकार हो । नेपालीको अधिकारमाथि भारतले सिधै हस्तक्षेप गरेको छ ।'

सोमबार ईमेज एफएमसंग कुरा गर्दै काठमाडौं क्षेत्र नं. ७ बाट प्रत्येक्ष निर्वाचित सांसद मानन्धरले देश सोचे भन्दा धेरै विग्रिएकाले निश्वार्थ मनले सचेत भएर काम गर्नु पर्ने बताएका छन् ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell