top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive

कांग्रेस महाधिवेशनको कार्यतालिका हेरफेर नहुने  |  Published: January 25, 2016  |  सोमबार 11 माघ, 2072  |  12:50 PM  |  Viewed: 758 times

काठमाडौं, माघ ११ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशनका सबै कार्यक्रमहरु निर्धारित मितिमै सम्पन्न गर्ने निर्णय गरेको छ ।

बैठकले ११ र १२ औं अधिवेशन मार्फत दुई कार्यकाल जिल्ला सभापति भएकालाई पुनः सभापतिमा प्रतिस्पर्धा गर्न बन्देज लगाउने निर्णय पनि गरेको छ ।

सोमबार पार्टी कार्यालय सानेपामा सम्पन्न बैठकमा महाधिवेशन तयारीका विषयमा छलफल भएको थियो । सरकारलाई आमसंचार प्रतिष्ठानबाट कृष्णप्रसाद भट्टराईको नाम नहटाउन पनि माग गरेको छ ।

बैठकले महाधिवेशनको तयारी, निर्वाचन समितिले सार्वजनिक गरेको क्रियाशील सदस्यहरुको नामावलीमा छुटेकाहरुलाई कसरी अधिवेशनमा सहभागी गराउने भन्नेलगायतका विषयमा छलफल गरेको थियो  ।

१३ औं महाधिवेशनको नजिक रहेको कांग्रेसको गाउँ, नगर र वडाको अधिवेशन माघ १५ मा हुँदैछ भने माघ २२ मा क्षेत्र र माघ २५ मा जिल्ला अधिवेशन हुँदैछ । अधिवेशनका लागि कांग्रेसले ७५ वटै जिल्लामा निर्वाचन अधिकृत तोकेर पठाइसकेको छ । कांग्रेसको केन्द्रीय महाधिवेशन फागुन २० देखि २३ गतेसम्म काठमाडौंमा हुँदैछ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell