top
ImageKhabar
बिहीवार, 28 कार्तिक, 2076 Thursday, November 14, 2019

ImageKhabar Archive

गणतन्त्रतर्फ पाइला बढाउँदै अस्ट्रेलिया  |  Published: January 25, 2016  |  सोमबार 11 माघ, 2072  |  10:14 AM  |  Viewed: 1520 times

सिडनी, माघ ११ । बेलायतकी महारानीलाई ‘राष्ट्र प्रमुख’ मान्दै आएको अस्ट्रेलियाले गणतन्त्रतर्फ पाइला बढाउन थालेको छ । अस्ट्रेलियाका सबैजसो प्रान्तले मुलुकलाई गणराज्य घोषणा गर्ने दिशामा अग्रसरता देखाएका छन् ।

वेस्टर्न अस्ट्रेलिया एकमात्र त्यस्तो प्रान्त हो जसले अहिले नै गणतन्त्रमा जान नहुने धारणा राखेको छ । त्यसबाहेक सबै प्रान्तले मुलुकमा गणतन्त्र आवश्यक रहेको ठहर गरेका छन् ।

वेस्टर्न अस्ट्रेलियाका नेता कोलिन बर्नेटले भने, ‘म गणतन्त्रको विरोधी होइन तर अहिले नै त्यसका लागि ठिक समय हो भन्ने मलाई लाग्दैन ।’

अस्ट्रेलियन रिपब्लिकन मुभमेन्टले गणतन्त्रको अभियान चलाएको हो । सो अभियानले संविधान परिवर्तन गरी महारानी एलिजावेथलाई राष्ट्र प्रमुखको पदबाट हटाउन चाहेको हो । अस्ट्रेलियालाई गणराज्यको दर्जा दिने पूर्वाधारको रुपमा तयार पारिएको एउटा दस्तावेजमा वेस्टर्न अस्ट्रेलियाबाहेक सबै प्रान्तका नेताले हस्ताक्षर गरेका छन् ।

अस्ट्रेलियालाई गणराज्य बनाउने विषयमा सन् १९९९ मा जनमत संग्रह भएको थियो । त्यतिबेला जनमत संग्रहबाट गणराज्यको प्रस्ताव अस्वीकृत भएको थियो । अस्ट्रेलियाका वर्तमान प्रधानमन्त्री मालकल्म टर्नबुल त्यतिबेला रिपब्लिकन मुभमेन्टका नेता थिए । तर सत्तामा आउनासाथ उनले महारानी एलिजाबेथ द्वित्तीय शासनमा रहुन्जेलसम्म वर्तमान स्थितीमा कुनै परिवर्तन नहुने बताएका थिए । (एजेन्सी)

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell