top
ImageKhabar
बुद्धबार, 14 जेष्ठ, 2077 Wednesday, May 27, 2020

ImageKhabar Archive

मनपरी मूल्यमा एलपी ग्याँस बेच्ने डिलरलाई कारबाही गरिने  |  Published: January 25, 2016  |  सोमबार 11 माघ, 2072  |  2:36 PM  |  Viewed: 1742 times

काठमाडौं, माघ ११ । नेपाल एलपी ग्याँस उद्योग संघले अभावको मौका छोपेर खाना पकाउने एलपी ग्याँसलाई मनपरी मूल्यमा बेच्ने डिलरलाई कारबाही गर्ने जनाएको छ ।

बजारमा देखिएको एलपी ग्याँसको अभावका बेला ७ दशमलव १ किलोग्राम ग्याँसलाई ७  सय रुपैयाँ लिनुपर्नेमा मनलाग्दी मूल्य लिएर विक्री वितरण गरेको पाइएको भन्दै  संघले यस्ता डिलर तथा व्यापारीलाई कारबाही कडा कारबाही गर्ने जनाएको छ ।

संघका उपाध्यक्ष गोकुल भण्डारीले उपभोक्तालाई आधा सिलिण्डर ग्याँसको ७ सय भन्दा बढी मूल्यमा विक्री वितरण भै रहेको जानकारी पाएमा यस्ता डिलरको बारेमा नजिकको प्रहरी वा सम्बन्धित ग्याँस उद्योगमा जानकारी गराउन आग्रह गरे ।

उनले बजारमा देखिएको खाना पकाउने एलपी ग्याँसको अभाव कम गर्नका लागि सरकारको निर्णय अनुसार आधा सिलिण्डर ग्याँस वितरण गरिँदै आएको भन्दै भारतसँग जोडिएको वीरगञ्जलगायत सबै नाकाबाट आपूर्ति सहज हुनेवित्तिकै पुःन भरी सिलिन्डर ग्याँस वितरण गरिने जानकारी दिए ।

बजारमा अहिले देखिएको मागको केवल २० प्रतिशत मात्रै ग्याँस बजारमा पठाउन सकिएको संघले जनाएको छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell