top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

आइएसलाई परास्त गरेरै छाड्छौं: राष्ट्रपति घानी  |  Published: January 25, 2016  |  सोमबार 11 माघ, 2072  |  12:00 PM  |  Viewed: 1505 times

काठमाडौं, माघ ११ । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले इस्लामिक आतंकवादी समूह आइएसलाई परास्त गरेरै छोड्ने दाबी गरेका छन् ।

राष्ट्रपति घानीले विश्वभर आतंकवादी हमला गर्दै आएको आइएस विश्व सामू झुक्न बाध्य हुने बताए । अफगानिस्तानमा तालिवान लडाकु र अफगान सैनिकका साथै आइएसका कार्यकर्ताबीच हालै अफगानिस्तानमा भएको भिडन्तपछि प्रतिक्रिया दिँदै राष्ट्रपति घानीले क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरमा आईएस बिरुद्धको कारबाही गर्न विश्व समुदाय एकजुट भएको समेत बताए ।

अघिल्लो वर्षको जनवरीदेखि अफगानिस्तानामा सक्रिय बनेको आइएसले विभिन्न शहरमा आक्रमण गर्दै आएको छ ।

केही दिनअघि मात्र आइएसले अफगानिस्तानको एक लोकप्रिय टेलिभिजन च्यानल टोलो टिभीको बसमा आत्मघाती विस्फोट गराउँदा सात जनाको मृत्यु भएको थियो । (एजेन्सी)

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell