top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक घटे, गत वर्षको तुलनामा ५० प्रतिशत कमी  |  Published: January 25, 2016  |  सोमबार 11 माघ, 2072  |  12:44 PM  |  Viewed: 463 times

चितवन, माघ ११ । पर्यटकीय मौसममा समेत नाकाबन्दीका कारण चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्यामा कमी आएको छ ।

मुख्य पर्यटकीय याम मङ्सिर–पुस महिनामा गत वर्षको तुलनामा पर्यटकको सङ्ख्या ५० प्रतिशत घटेको छ । पुसमा आठ हजार २२ जना पर्यटक मात्रै निकुञ्ज प्रवेश गरेका छन् । निकुञ्ज आउने पर्यटकमा विदेशी तीन हजार ६ सय ३९, सार्क राष्ट्रका ४ सय १९ र नेपाली तीन हजार ९ सय ६४ जना रहेका छन् । भित्रिएका पर्यटकमा चार हजार २१ पुरुष र चार हजार एक महिला रहेको निकुञ्जले जनाएको छ ।

गत वर्षको पुसमा आठ हजार ८ सय ८७ विदेशी, दुई हजार ४ सय ८६ सार्क र पाँच हजार तीन सय ४१ नेपाली पर्यटक गरी १६ हजार ७ सय १४ पर्यटक निकुञ्ज प्रवेश गरेका निकुञ्जका रेन्जर ऋषिराम ढकालले जानकारी दिए ।

यसवर्ष पुसमा रु ८८ लाख २१ हजार राजस्व सङ्कलन भएको छ भने गत वर्ष यही समयमा रु दुई करोड ४४ लाख ४९ हजार राजस्व सङ्कलन भएको थियो । (रासस)

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell