top
ImageKhabar
मंगलवार, 25 मंसिर, 2075 Tuesday, December 11, 2018

ImageKhabar Archive

नेपाल श्रीलंकासँग ६५ रनले पराजित  |  Published: January 25, 2016  |  सोमबार 11 माघ, 2072  |  5:21 PM  |  Viewed: 4990 times

अपडेटः
काठमाडौं, माघ ११ । यु–१९ विश्वकप क्रिकेटको दोस्रो तथा अन्तिम अभ्यास खेलमा पनि नेपाल पराजित भएको छ ।

पहिलो खेलमा पाकिस्तानसँग १ सय १० रनले पराजित भएको नेपाल दोस्रो खेलमा सोमबार श्रीलंकासँग ६५ रनले हार्‍यो ।

श्रीलंकाविरुद्ध २ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ४२.१ ओभरमा १ सय ६५ रनमा अलआउट भयो ।

टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ४५ ओरभमा ९ विकेट गुमाउँदै २ सय ३० रन जोडेको थियो । श्रीलंकाका शमु अशानले अविजित रहँदै ८१ रन बनाए ।

नेपालका सुनील धमला, सन्दीप लामिछाने र सुशील कँणेलले समान २–२ विकेट लिए । त्यसैगरी, दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए ।

जवाफमा नेपालले ४२.१ बलमा सबै विकेट गुमाएर १ सय ६५ रनमात्र बनाउन सक्यो ।

दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३३ रन बनाएको इनिङमा कप्तान राजु रिजालले ३१ तथा सुनील धमलाले १८ बलमा २६ रन जोडे ।

बुधबारदेखि सुरु हुने यु–१९ विश्वकपमा नेपाल समूह ‘डी’मा रहेको छ । नेपालको समूहमा भारत, न्यूजिल्यान्ड र आयरल्यान्ड छन् ।

फाइल फोटो

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell