top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

आन्दोलन जारी राख्ने मोर्चाको निर्णय, संविधान संशोधन ‘नाटक’  |  Published: January 25, 2016  |  सोमबार 11 माघ, 2072  |  6:00 PM  |  Viewed: 1028 times

काठमाडौं, माघ ११ । संविधान संशोधनलाई ‘नाटक’ भन्दै मधेसी मोर्चाले आन्दोलन जारी राख्ने बताएको छ ।

मोर्चाको सोमबार राजधानीमा बसेको बैठकले एक पक्षीयरुपमा संविधान संशोधन गरिएको भन्दै नाका अवरोधसहितका आन्दोलन जारी राख्ने निर्णय गरेको हो ।

बैठकपछि तमलोपा उपाध्यक्ष बृषेशचन्द्र लालले संशोधनले आफूहरुको माग सम्बोधन नभएको भन्दै आन्दोलन जारी राख्ने बताए ।

यस्तै, सोमबारै संघीय समाजवादी फोरमले पनि सरकार र ठूला दलहरु जबर्जस्तीरुपमा अघि बढेको भन्दै आन्दोलन जारी राख्ने निर्णय गरेको छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell