top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive

ट्याक्सीलाई छुट्टै पम्पको व्यवस्था, ट्याक्सीले कहाँ–कहाँ, कहिले पाउँछन् पेट्रोल ?  |  Published: January 25, 2016  |  सोमबार 11 माघ, 2072  |  4:36 PM  |  Viewed: 1258 times

काठमाडौं, माघ ११ । इन्धन संकट चुलिएको लामो समयपछि नेपाल आयल निगमले राजधानीमा सन्चालन हुने ट्याक्सीका लागि छुट्टै पेट्रोल पम्पबाट तेल दिने भएको छ ।

आयल निगमले कालो नम्बर प्लेट र हरियो नम्बर प्लेटका ट्याक्सीहरुलाई पेट्रोल वितरणका लागि छुट्टै पम्प तोकेको छ ।

अबदेखि टेकुको नेसनल ट्रेडिङ, बसुन्धाराको महालक्ष्मी, सानेपाको इन्द्रायणी र हलचोक पेट्रोल पम्पबाट कालो नम्बर प्लेटका ट्याक्सीहरुलालई पेट्रोल दिइने छ ।

सोमबार जोर नम्बरका ट्याक्सी र बिहीबार बिजोर नम्बरका ट्याक्सीहरुलाई पेट्रोल वितरण गरिने आयल निगमले जनाएको छ ।

हरियो प्लेटका ट्याक्सीको हकमा प्रत्येक आइतबार र बुधबार गुहेश्वरी फ्युल सेन्टर ठिमीबाट पेट्रोल वितरण गरिने छ ।

प्रत्येक ट्याक्सीले एकपटकमा १० लिटरको दरले पेट्रोल पाउने आयल निगमले जनाएको छ ।

फाइल फोटो

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell