top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

निगमको तीन वर्षे सुधार योजना सार्वजनिक, चारओटा जहाज भित्र्याउँदै निगम  |  Published: January 26, 2016  |  मंगलवार 12 माघ, 2072  |  8:01 AM  |  Viewed: 1202 times

काठमाडौं, माघ ११ । नेपाल वायुसेवा निगमले आफ्नो सेवालाई थप भरपर्दो र विश्वसनीय बनाउने उद्देश्यले तीन वर्षे सुधार योजना सार्वजनिक गरेको छ ।

सोमबार राजधानीमा कार्यक्रम गरी निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले आन्तरिक तथा बाह्य उडानको संख्या थप्नेदेखि निगमको आन्तरिक व्यवस्थापनलाई चुस्त–दुरुस्त बनाउनेसम्मका योजना अघि सारे ।

/>योजनाअनुसार निगमले आगामी फागुनभित्र दुईओटा ‘वाइड बडी’ जहाज किन्ने प्रक्रिया अघि बढाउने छ भने २०७३ सालको मंसिरमा पहिलो र माघमा दोस्रो वाइड बढी जहाज नेपाल भित्र्याइने छ ।

यस्तै, आगामी असारभित्र दुईओटा ‘न्यारो बडी’ जहाज खरिद गर्ने र २०७४ को असारसम्ममा अन्तर्राष्ट्रिय उडानका लागि निगमसँग ६ ओटा विमान हुने पनि कंसाकारले बताए ।

यस्तै, आन्तरिक उडानतर्पm राजधानी नआईकनै एक ठाउँबाट अर्को ठाउँ पुग्ने गरी उडान सन्चालन गर्ने कार्यक्रम पनि निगमले अघि सारेको छ ।

निकट भविष्यमै चीनको ग्वांगजाओ, कुनमिङ र संयुक्त अरब इमिरेट्समा सेवा सन्चालन गर्ने र नयाँ दिल्लीमा थप उडान गर्ने योजना अघि सारिएको छ ।

सो अवसरमा पर्यटनमन्त्री आनन्द पोखेरेलले नेपाल वायुसेवा निगमभित्रको समस्यालाई समाधान गरी यसलाई उत्कृष्ट हवाई सेवा प्रदायककोरुपमा विकास गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताए ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell