top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

विराटनगरमा शवयात्रा, उपेन्द्र, राजेन्द्र महतोले दिए श्रद्धान्जलि  |  Published: January 25, 2016  |  सोमबार 11 माघ, 2072  |  4:56 PM  |  Viewed: 1801 times

विराटनगर, माघ ११ । मोरङको रंगेलीमा गत साता प्रहरीको गोली लागेर ज्यान गुमाएकाहरुको सोमबार शवयात्रा निकालिएको छ ।

शवयात्रामा मधेसी मोर्चाका कार्यकर्ता सयौंको संख्याका सहभागी थिए ।

कोशी अञ्चल अस्पतालबाट शवयात्रा निकाल्नुअघि मधेसी नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो, जेपी गुप्ता, अनिल झालगायतले मृतकहरुप्रति श्रद्धान्जलि दिएका थिए

शवयात्राले विराटनगरका विभिन्न भागको परिक्रमा गरी कटहरी हुँदै रंगेली पुगेको थियो । रंगेलीबाट डायनिया हुँदै स्थानीय खोलामा मृतकको सामूहिक संस्कार गरियो ।

गत विहीबार भएको गोलीकान्डमा रंगेलीकी ५८ वर्षीया द्रोपतिदेवी चौधरी, बरडंगा–२ का ४५ वर्षीय महादेव ऋषिदेव र डायनिया–९ का २५ वर्षीय शिवु माझीको मृत्यु भएको थियो ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell