top
ImageKhabar
मंगलवार, 25 मंसिर, 2075 Tuesday, December 11, 2018

ImageKhabar Archive

दिल्लीबाट काठमाडौं आउन लागेको विमानमा ‘बम’को हल्ला  |  Published: January 25, 2016  |  सोमबार 11 माघ, 2072  |  7:08 PM  |  Viewed: 4495 times

अपडेटः
काठमाडौं, माघ ११ । बम भएको शंकामा उडान अवरुद्ध भएको भारतको नयाँ दिल्लीबाट काठमाडौं आउने जेट एअरवेज खानतलासीपछि काठमाडौंका लागि उडेको छ ।

जहाजमा बम राखिएको शंकामा नेपाली समयअनुसार सोमबार दिउँसो १ बजेर ४० मिनेटमा काठमाडौका लागि उडान भर्नुपर्ने विमान विमानस्थलमै रोकिएको थियो ।

सुरक्षाकर्मीले विमानभित्र चेकजाँच गर्नुका साथै यात्रुकोसमेत खानतलासी गर्दा विमानमा केही नपाइएकाले सोमबार साँझ दिल्लीबाट काठमाडौंका लागि उडेको हो ।  विमानमा चालक दलका सातसहित एक सय ११ जना यात्रु यात्रारत् छन् ।

विमान उड्नु केही मिनेटअघि अपरिचत व्यक्तिले विमानस्थलमा फोन गरी ‘ह्यापी रिपब्लिक डे, रिट नम्बर १८ मा गिफ्ट बस्क छाडेको छु’–भनेको भारतीय सन्चारमाध्यमले जनाएका छन् ।

जेट एअरवेजले विज्ञप्ति जारी गरी सुरक्षाका कारण उडानमा ढिलाइ भएकामा क्षमा मागेको छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell