top
ImageKhabar
मंगलवार, 25 मंसिर, 2075 Tuesday, December 11, 2018

ImageKhabar Archive

सांसदहरु के गर्छन् ? संसदमा जान्छन्, हाजिर गरेर भाग्छन् ! (भिडियोसहित) सन्जीब बगाले/दिलिप पोखरेल (इमेज)  |  Published: January 25, 2016  |  सोमबार 11 माघ, 2072  |  7:28 PM  |  Viewed: 999 times

काठमाडौं, माघ ११ । जनताका प्रतिनिधिले जनताका आवाज उठाउने सबैभन्दा ठूलो थलो हो व्यवस्थापिका–संसद ।

त्यसैले एकजना सांसदका लागि संसदमा जानु सबैभन्दा ठूलो जिम्मेवारी हो भने त्यहाँ हुने छलफलहरुमा सहभागी हुनु उसको दायित्व हो । तर, तिनै जनप्रतिनिधिहरु बैठकमा उपस्थित नभएर बैठक स्थगित गर्नुपर्ने बाध्यता आइलाग्ने गरेको छ ।

संसदमा अहिले ५ सय ९६ जना सांसद रहेका छन् । संसदको बैठक चल्नका लागि कम्तिमा पनि १ सय ४९ जना सांसदको उपस्थिति अनिवार्य हुन्छ ।

तर, सोमबारको संसदको बैठकमा १ सय ४२ जना मात्रै उपस्थित भए, जसले गर्दा सभामुख ओनसरी घर्तीले बैठक नै स्थगित गरिन् । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell