top
ImageKhabar
बिहीवार, 28 कार्तिक, 2076 Thursday, November 14, 2019

ImageKhabar Archive

नेपाली गाडी–मोटरसाइकल बिना इजाजत भारत प्रवेशमा रोक  |  Published: January 25, 2016  |  सोमबार 11 माघ, 2072  |  6:46 PM  |  Viewed: 3324 times

पर्सा, माघ ११ । निर्वाधरुपमा भारत प्रवेश गर्दै आएका नेपाली नम्बरका गाडी सोमबारदेखि भन्सार कार्यालयको अनुमति बिना भारत प्रवेश गर्न नपाउने भएका छन् ।

नेपाली नम्बरको गाडी वीरगन्ज नाकाबाट भारतमा प्रवेश गर्दा रक्सौल कस्टमको अनुमतिमा मात्र प्रवेश गर्न पाउने भारत सरकारले सोमबारदेखि नियम लागू गरेको हो ।

भारतले नेपाली नम्बरका मोटरसाइकललगायत सवारी–साधन एक दिनका लागि प्रवेश गर्दा पनि अनिवार्यरुपमा प्रवेश अनुमति लिनुपर्ने नियम लागू भएकोे रक्सौल कस्टमका एसिस्टेन्ट कमिस्नर कमलेश कुमारले जानकारी दिए ।

उनका अनुसार रक्सौलसहित नेपाल–भारतका २३ व्यापारिक नाकामा सोमबारदेखि सो नियम लागू गरिएको हो ।

विहारको पटना सीमाशुल्क विभागले गत पुस १४ गते जारी गरेको सार्वजनिक सूचनाअनुसार सोमबारदेखि रक्सौल नाकामा पनि यो नियम लागू गरिएको रक्सौल कस्टमले जनाएको छ ।

नेपाली नम्बर प्लेटका मोटरसाइकललगायत सवारी–साधन सीमावर्ती भारतीय सहरमा एक दिनका लागि प्रवेश गर्दा अनिवार्यरुपमा कस्टमबाट प्रवेश अनुमतिपत्र अर्थात् अस्थायी पास लिनुपर्ने व्यवस्था छ ।

सुरक्षाको दृष्टिकोण र सीमा आवागमनलाई व्यवस्थित पार्नका लागि अस्थायी पासको नियम लागू गरिएको रक्सौल कस्टमका सूचना अधिकृत अभिषेक कमलले जानकारी दिए ।

उनले कस्टमबाट अस्थायी पास लिएका नेपाली सवारी–साधन तीन किमीभित्रसम्मको भारतीय भूमिमा मात्र आउजाउ गर्न पाउने अनुमति रहेको बताए । रासस

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell