top
ImageKhabar
सोमबार, 2 पुष, 2075 Monday, December 17, 2018

ImageKhabar Archive

पोखरामा चैत ३ गते ‘हिमालयन रस ट्राइएथलन’  |  Published: January 25, 2016  |  सोमबार 11 माघ, 2072  |  7:13 PM  |  Viewed: 569 times

काठमाडौं, माघ ११ । साहसिक खेल पर्यटनका लागि नेपाल विश्वकै उत्कृष्ट गन्तव्य रहेको सन्देश दिन चैत ३ गते पोखरामा ‘हिमालयन रस ट्राइएथलन’ खेल प्रतियोगिता आयोजना गरिने भएको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो प्रतियोगितामा विश्वका विभिन्न राष्ट्र र नेपालबाटसमेत गरी १ सय २० बढी स्पर्धीले प्रतिस्पर्धा गर्ने जानकारी दिइयो ।
/>
प्रतियोगितामा पर्यटकीय नगरी पोखराको बेगनास तालमा पौडी प्रतियोगिता गरिनुका साथै पोखराकै विभिन्न स्थानमा साइक्लिङ तथा दौड प्रतियोगिता आयोजना गरिने छ ।

आयोजक हिमालयन रस टिम, फन्टास्टिक नेपाल होलिडेज्का अनुसार भूकम्पपछि नेपालको पर्यटन क्षेत्र र त्यसका पनि साहसिक खेल पर्यटनको क्षेत्र सुरक्षित रहेको सन्देश विश्वभर फैलाउन कार्यक्रम आयोजना गर्न लागिएको हो ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell