top
ImageKhabar
सोमबार, 2 पुष, 2075 Monday, December 17, 2018

ImageKhabar Archive

पूर्वी एसिया हिमपातको चपेटामा, ताइवानमा मात्रै ८५ जनाको मृत्यु  |  Published: January 25, 2016  |  सोमबार 11 माघ, 2072  |  7:03 PM  |  Viewed: 1066 times

काठमाडौं, माघ ११ । पूर्वी एसियामा यो वर्ष अत्यधिक चिसोका कारण ५५ जनाको मृत्यु भएको छ । चिसोका कारण ६० हजारभन्दा बढी मानिस प्रभावित भएका छन् ।

ताइवानमा चिसो मौसम सुरु भएसँगै भएको हिमपातका कारण हालसम्म ८५ जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ । मृत्यु हुनेमा अधिकांश बृद्धबृद्धा छन् । उनीहरु ताइपेइ र ताउयानका बासिन्दा रहेका बताइएको छ ।
/>
यस्तै, जापानमा पनि पाँचजनाको मृत्यु भएको छ । हिउँमा चिप्लेर घाइते हुनेहरुको संख्या ४ सय नाघेको छ ।

हिमपातकै कारण दक्षिण कोरियाका पाँच सयभन्दा बढी आन्तरिक र बाह्य उडानहरु रद्द गरिएका छन् । जसका कारण सयौं यात्रुहरु अलपत्र परेका छन् ।

यता, हङकङ, जापान र चीनको दक्षिणी भागमा पनि अत्यधिक हिमपातका कारण दैनिकी कस्टकर बनेको छ ।

सार्वजनिक तथा निजी सवारी–साधन सन्चालन नहुँदा त्यहाँको व्यापार–व्यवसाय ठप्प बनेको अधिकारीहरुले जनाएका छन् । (एजेन्सी)

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell