पूर्वी एसिया हिमपातको चपेटामा, ताइवानमा मात्रै ८५ जनाको मृत्यु | Published: January 25, 2016 | सोमबार 11 माघ, 2072 | 7:03 PM | Viewed: 1066 times
काठमाडौं, माघ ११ । पूर्वी एसियामा यो वर्ष अत्यधिक चिसोका कारण ५५ जनाको मृत्यु भएको छ । चिसोका कारण ६० हजारभन्दा बढी मानिस प्रभावित भएका छन् ।
ताइवानमा चिसो मौसम सुरु भएसँगै भएको हिमपातका कारण हालसम्म ८५ जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ । मृत्यु हुनेमा अधिकांश बृद्धबृद्धा छन् । उनीहरु ताइपेइ र ताउयानका बासिन्दा रहेका बताइएको छ ।
/>
यस्तै, जापानमा पनि पाँचजनाको मृत्यु भएको छ । हिउँमा चिप्लेर घाइते हुनेहरुको संख्या ४ सय नाघेको छ ।
हिमपातकै कारण दक्षिण कोरियाका पाँच सयभन्दा बढी आन्तरिक र बाह्य उडानहरु रद्द गरिएका छन् । जसका कारण सयौं यात्रुहरु अलपत्र परेका छन् ।
यता, हङकङ, जापान र चीनको दक्षिणी भागमा पनि अत्यधिक हिमपातका कारण दैनिकी कस्टकर बनेको छ ।
सार्वजनिक तथा निजी सवारी–साधन सन्चालन नहुँदा त्यहाँको व्यापार–व्यवसाय ठप्प बनेको अधिकारीहरुले जनाएका छन् । (एजेन्सी)