top
ImageKhabar
मंगलवार, 30 असोज, 2075 Tuesday, October 16, 2018

ImageKhabar Archive

अमेरिकीलाई विश्व स्वास्थ्य संगठनले दियो चेतावनी, ‘बच्चा नजन्माऊ’  |  Published: January 25, 2016  |  सोमबार 11 माघ, 2072  |  7:08 PM  |  Viewed: 12269 times

काठमाडौं, माघ ११ । विश्व स्वास्थ्य संगठनले नयाँ रोगकोरुपमा देखापरेको ‘जिका’ भाइरस अमेरिकाका विभिन्न राज्यमा फैलन सक्ने भन्दै सतर्क रहन त्यहाँका सर्वसाधारणलाई आग्रह गरेको छ ।

साथै, विश्व स्वास्थ्य संगठनले सो रोगको संक्रमण फैलिने खतरालाई मध्यनजर गर्दै केही वर्षका लागि बच्चा नजन्माउन सचेतसमेत तुल्याएको छ ।

विश्वका २१ ओटा राष्ट्रमा हाल सो रोग देखापरेको जनाउँदै विश्व स्वास्थ्य संगठनले यसको रोकथामका लागि कुनै उपाय नभएको जनाएको छ ।

जिका रोगमा हल्का ज्वरो आउने, आँखामा संक्रमण हुने र टाउको दुख्ने लक्षण देखापर्नुका साथै नवजात शिशु सुस्त मनस्थितिको हुने बताइएको छ ।

जिका भाइरस सन् २०१५ को सुरुमा ब्राजिलमा देखा परेको हो । (एजेन्सी)

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell