top
ImageKhabar
सोमबार, 2 पुष, 2075 Monday, December 17, 2018

ImageKhabar Archive

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भ्रष्टाचारी भएको आरोप  |  Published: January 26, 2016  |  मंगलवार 12 माघ, 2072  |  7:31 AM  |  Viewed: 1373 times

काठमाडौं, माघ १२ । अमेरिकी आर्थिक विभागले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भ्रष्टाचारी भएको आरोप लगाएको छ ।

अमेरिकी आर्थिक विभागमा प्रतिबन्ध लगाउन निगरानी राख्ने एडम सुविनले पुटिन भ्रष्टाचारी भएको र अमेरिकी सरकारले केही वर्षदेखि यसको जानकारी पाएको बताएका हुन् ।

अमेरिकी सरकारले यसअघि रुसी राष्ट्रपतिका केही सहयोगीमाथि प्रतिबन्ध लगाइसकेको छ । तर राष्ट्रपतिमाथि पहिलो पटक भ्रष्टाचारको आरोप लगाएको हो ।
रुसी राष्ट्रपतिका प्रवक्ताले भने यो कपोलकल्पित आरोप मात्र भएको दाबी गरेका छन् ।

एडम सुविनले रुसी राष्ट्रपति पुटिनले आफ्ना मित्रहरुको समृद्धि र विरोध गर्नेहरुलाई किनारा लगाउन राष्ट्रिय सम्पत्ति दुरुपयोग गरेको बताएका छन् ।

अमेरिकी सरकारका कुनै व्यक्तिले रुसी राष्ट्रपतिमाथि सिधै भ्रष्टाचारीको आरोप लगाएको सम्भवतः यो पहिलो पटक भएको बताइएको छ । (एजेन्सी)

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell