top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

रक्सौलमा अब अवरोध छैनः भारतीय अधिकारी  |  Published: January 26, 2016  |  मंगलवार 12 माघ, 2072  |  11:38 AM  |  Viewed: 5586 times

वीरगन्ज, माघ १२ । भारतीय अधिकारीहरूले रक्सौल नाका हुँदै नेपाल भित्रने मालबाहक सवारी साधनलाई अब आफ्नो तर्फबाट कुनै अवरोध नहुने बताएका छन् । भारतको रक्सौल भन्सारका मिडिया प्रभारी अभिषेक कमलले भने, ‘व्यापारीहरु ट्रकसहितकै सामान लैजान तयार भए हाम्रो तर्फबाट कुनै अवरोध छैन । हामी कस्टम जाँचपास गर्न तयार छौ ।’

मितेरी पुलमा आन्दोलनकारीहरु धर्नामा बसेका कारण ट्रकमा मालसामान आयात नभए पनि दुइ सातायता धर्नास्थलकै बाटो दिनहु ठेला र टायरगाडाबाट पोकामा मालसामानहरु वीरगन्ज भित्रिने क्रम बढेको छ । दुई सातायता कारोबारी र व्यापारीहरुले आयात गरेको पोकामा रहेका सामानको रक्सौल कस्टमले सहज जाँचपास दिने गरेको छ ।

रक्सौलबाट ठेला र टायरगाडामा लोड गरेर ल्याइएको सामान मितेरी पुलमा झारिन्छ । त्यहाबाट आयातकर्ता र व्यापारीहरुले ती सामान धर्नास्थल मितेरीपुलकै नाका हुदै भरिया मार्फत सीमा वारी ल्याएर पुन ठेला र रिक्सामा लोड गरेर वीरगन्ज भन्सार कार्यालयमा भित्रयाउने गरेका छन् । धर्नामा बसेका आन्दोलनकारीहरुले पनि सामान भित्र्याउने क्रममा रोकटोक गर्न छाडेका छन् ।

दुइ हप्ता पहिले व्यपारीहरुले रक्सौलबाट रातिको समयमा मात्रै ठेला र रिक्सामा सामान भित्रयाउदै आएका थिए । रातिको समयमा सामान भित्रयाउने क्रममा धर्नामा बसेका आन्दोलनकारीहरुले व्यपारी र भरियाहरुलाइ अवरोध पुरयाउदै आएका थिए ।

सामान भित्रने क्रममा अवरोध गर्दा आन्दोलनकारी र व्यपारीहरु बिच पटकपटक झडप समेत भएको थियो । झडपका क्रममा व्यपारीका भारतीय भरियाहरुले केहि आन्दोलनकारीलाइ कुटेर घाइते पनि बनाएका थिए । दुइ साता यता भने कपडा, तयारी पोशाक ,हार्डवेयर,जुत्ता चप्पल, विद्युतीय सामानहरु सहज रुपमै वीरगन्ज भित्रिरहेका छन् ।

संविधान संशोधनले मधेसको माग सम्बोधन नगरेको भन्दै आन्दोलनरत मधेसी दलले नाकाबन्दी जारी नै रहने बताएका छन् । भारत सरकारले संविधान संशोधनलाई ‘सकारात्मक विकास’ का रूपमा टिप्पणी गरेको छ ।

धर्नामा बस्ने आन्दोलनकारीहरुको संख्या पातलिदै गएका कारण पनि व्यपारीहरुलाइ सामान भित्रयाउन सहज भएको हो । दुइ साता यता भारतबाट सामान भित्रिने क्रम बढेपछि वीरगन्ज भन्सार कार्यालयको राजश्व असुली पनि बढेको छ ।

नाकाबन्दी शुरु भएपछि भन्सार कार्यालयको दैनिक राजश्व असुली २०र२५ हजार रुपैयामै सिमित थियो भने दुइ साता यता दैनिक राजश्व असुली ३०र३२ लाख रुपैया पुगेको वीरगन्ज भन्सार कार्यालयका सुचना अधिकारी शुसिल शर्माले बताए ।

‘माघ १ देखि ९ गते सम्म नौ दिनकै अवधीमा भन्सार कार्यालयले तीन करोड ३८ लाख ७० हजार नौ रुपैया राजश्वस असुली गरेको छ ।

नाकाबन्दी शुरु भए पछिका दिनमा एक ताका दैनिक असुली २०र२५ हजारमै समिति भएको थियो,’ सुचना अधिकारी शर्माले भने ,‘तर अहिले दैनिक ३०र३२ लाख सम्म राजश्व उठन थालेको छ । रक्सौलबाट ठेला र रिक्सामा सामान भित्रिने क्रम बढेका कारण राजश्व असुली बढेको शर्माले बताए । क्रान्ति शाह, अन्नपूर्ण पोष्ट दैनिकबाट

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell