top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

रोजगारीका लागि नेपाली विदेश जान्छन, विदेशी नेपाल आउँछन(भिडियो हेर्नुहोस) कविराज घिमिरे/ईमेज  |  Published: January 26, 2016  |  मंगलवार 12 माघ, 2072  |  11:45 AM  |  Viewed: 1484 times

धनकुटा, माघ १२ । युवाहरुको बढ्दो वैदेशिक रोजगारीको मोहका कारण धनकुटामा मजदुरको अभाव भएको छ । धनकुटामा घरेलु काम र निर्माणमा संलग्न मजदुरको अभाव हुँदै गएपछि अवैधानिक भारतीय कामदार भित्रिने क्रम पनि बढेको छ ।

बैदेशिक रोजगारीका लागि नेपालीहरु बिदेशिने क्रम बढ्दो छ । तर कतिपय विदेशीहरुका लागि भने नेपालकै बिभिन्न क्षेत्र रोजगारको आर्कषक गन्तव्य वन्दै गएका छन् । धनकुटामा पनि निर्माण तथा बिभिन्न घरेलु उद्योगमा भारतिय कामदारको प्रयोग बढ्दो छ ।

नेपाली कामदार नै नपाइने, पाइएका कामदार दक्ष नहुने तथा भएकाले पनि कामलाई निरन्तरता नदिने लगायतका समस्याले गर्दा भारतीय कामदारलाई प्रयोग गर्नुपरेको व्यवसायीहरुको भनाई छ ।  

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell