top
ImageKhabar
शनिबार, 3 कार्तिक, 2075 Saturday, October 20, 2018

ImageKhabar Archive

भारतमा गणतन्त्र दिवस मनाइदैं, नयाँ दिल्लीमा कडा सुरक्षा  |  Published: January 26, 2016  |  मंगलवार 12 माघ, 2072  |  11:16 AM  |  Viewed: 930 times

काठमाडौं, माघ १२ । छिमेकी मुलुक भारतले आफ्नो ६७ औं गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइरहेको छ ।

गणतन्त्र दिवसका अवसरमा नयाँ दिल्लीस्थित राजपथमा गरिएको कार्यक्रममा भारतीय राष्ट्रपति प्रणव मुखर्जीले राष्ट्रिय झन्डा फहराउनुभएको छ । राजपथमा गरिएको मुख्य कार्यक्रमअघि प्रधानमन्त्री नरेन्द्र मोदीले इन्डिया गेटमा पुगेर सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरे ।

यस वर्षको भारतीय गणतन्त्र दिवसमा मुख्य अतिथिमा फ्रान्सका राष्ट्रपति फ्रान्स्वा ओलान्द नयाँ दिल्ली पुगेका छन् । गणतन्त्र दिवसका अवसरमा भारतले आफ्ना आर्थिक, सामाजिक विकास र सैन्य कलासमेत प्रदर्शन गरेको छ ।

गणतन्त्र दिवसका क्रममा अप्रिय घटना हुन नदिन नयाँ दिल्लीको सुरक्षा व्यवस्था कडा पारिएको छ । दिल्लीका अधिकांश स्थानमा प्रहरीसहित अर्धसैनिक बल खटाइएको छ ।

भारतमा गणतन्त्र दिवस मनाउने परम्परा सन् १९५० देखि शुरु भएको हो । भारतले आफ्नो संविधान जारी भएको दिन हरेक वर्ष २६ जनवरीलाई गणतन्त्र दिवसको रुपमा मनाउँदै आएको छ । (एजेन्सी)


खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell