top
ImageKhabar
मंगलवार, 3 पुष, 2075 Tuesday, December 18, 2018

ImageKhabar Archive

माओवादीका पूर्व लडाकुसँग मिलेर श्रीमतीले गरिन् श्रीमानको हत्या  |  Published: January 26, 2016  |  मंगलवार 12 माघ, 2072  |  3:55 PM  |  Viewed: 14461 times

बुटवल, माघ १२ । श्रीमानको हत्याको योजनामा पक्राउ परेकी रुपन्देही तिलोत्तमा नगरपालिका–१४ की रेनु चौधरीलाई प्रहरीले सार्वजनिक गरेको छ । उनीसँगै हत्यारा पूर्व माओवादी लडाकू विक्रम चौधरीलाई पनि प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

बारम्बार दुःख दिने गरेको र घरसमेत बेच्न लागेपछि श्रीमान् पदमबहादुर थापाको हत्याको योजना बनाएको रेनु चौधरीले स्वीकार गरेकी छन् । पद्मको हत्याका लागि पदमकै साथी विक्रम चौधरीले साथ दिएका थिए ।

रेनु चौधरीले एक महिनादेखि विक्रम थापालाई ८० हजार रुपैयाँ दिई श्रीमानको हत्या गर्न भनेपछि विक्रमले माघ ४ गते पदमको हत्या गरेका थिए ।

उनीहरु दुवै बिरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै प्रहरीले लागु औषधसहित दुई जनालाई पनि सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिनेमा तनहुँ क्याम–९ का २८ बर्षीय विकास मगर र पोखरा उपमहानगरपालिका–९ का ३१ बर्षिय अमित गुरुङ छन् । त्यस्तै बुटवलको व्यस्त बजार मिलनचोकबाट साँझको समयमा मोटरसाइकल चोरी गर्ने दिनेशकुमार गुरुङलाई पनि प्रहरीले सार्वजनिक गरेको छ ।


खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell