top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

तीन दिनमै बन्छ कम्पोष्ट मल, यस्तो छ विधि  |  Published: January 26, 2016  |  मंगलवार 12 माघ, 2072  |  11:48 AM  |  Viewed: 6403 times

दीपक लोहनी -
काठमाडौं, माघ १२ । तीन दिनमै सजिलैसँग कम्पोष्ट मल बनाउन सकिन्छ भन्दा अधिकांश किसान, नगरबासी र फोहर व्यवस्थापनका सरोकारवालाहरुलाई अचम्म लाग्न सक्छ तर अब अचम्म मानिरहनु पर्दैन । नेपाल–जापान कृषि आदानप्रदान कार्यक्रमले कम्पोष्ट मल तीन दिनमै सजिलैसँग बनाउन सकिने प्रविधिबाट काम गरिरहेको छ ।

justify;">खेतबारीबाट निस्किने कृषिजन्य अवशेषहरु व्यावसायिक किसानहरुको ठुलो समस्या हो । खेतबारीमा गोड्दा, खन्दा, बाली भित्र्याउँदा र बाली परिवर्तन गर्दा थुप्रै कृषिजन्य अवशेषहरु निस्कन्छन् । निस्किएका ती अवशेषहरुलाई किसानहरुले कम्पोष्ट मल बनाउन त दुःख गर्छन् तर पाँचौं महिनासम्म पनि कम्पोष्ट मल नबन्दा किसानहरु हैरान छन् ।

यता, घरभित्रबाट निस्कने कुहिने फोहरहरुलाई प्रकृतिप्रेमी सचेत नगरबासीहरु कम्पोष्ट मल बनाउन त खोज्छन् तर समयमा सजिलै ती फोहरहरु नकुहिँदा घर कम्पाउण्ड नै दुर्गन्धित भइरहेको हुन्छ ।

नेपालमा कम्पोष्ट मल बनाउन सुक्ष्म जीवाणुहरुलाई सक्रिय गराएर फोहर कुहाउने परिपाटीको विकास गरिएको छ । तर ती परिपाटी ढिला र झन्झटिला हुनाले अधिकांश किसान, सहरबासी, कम्पोष्ट व्यावसायी र फोहरसँग सरोकारवालाहरु हैरान भएका छन् । समयमै कम्पोष्ट नबन्ने, दुषित गन्ध आउने र बनेको कम्पोष्ट पनि गुणस्तरीय नहुने हुनाले झन् समस्या थपिएको छ । 

लाजिम्पाटस्थित अर्गाानिक लाईफले विगत डेढ वर्षदेखि नेपाल–जापान कृषि आदानप्रदान कार्यक्रम संचालन गरिरहेको छ । यस कार्यक्रमबाट अर्गानिक लाईफले जापानको सजिलो, सस्तो र उपयोगी कृषि प्रविधिलाई नेपालमा फैलाउने काम गरिरहेको छ । यसै सिलसिलामा फोहरलाई तीन दिनमै कम्पोष्ट मल बनाउने सजिलो प्रविधि भित्र्याएको हो ।

गल्न सक्ने फोहरहरुलाई छिट्टै गलाउन सुक्ष्म जीवयुक्त कम्पोष्ट जोर्डन हालिन्छ । यसलाई बीउ मल (सिड कम्पोष्ट) भनिन्छ । बीउ मलभित्र रहेको सुक्ष्म जीवाणुहरु फोहरमा हावा र तापसँगै सक्रिय रहन्छन् । सौर्य शक्तिको आँच अनुसार तीनदेखि पाँच दिनमा फोहरबाट कम्पोष्ट मल सजिलै तयार हुन्छ । तयारी अवस्थाको कम्पोष्ट मल खेतबारी, बगैंचा, करेसा, कौसीबारी र गमलामा प्रयोग गरि कृषि उपज र फूलहरु फलाउने र फुलाउने गर्न सकिन्छ ।

तीन दिनमै कम्पोष्ट मल बनाउने तरिका अत्यन्त सरल छ । यो आफै अर्गानिक कार्य भएकोले कम्पोष्ट मल बनाउदा कुनै रासायनिक विधी अपनाउनु पर्ने छैन । यो मल बनाउदा मानव स्वास्थ्य र पर्यावरण दुबैमा हानी हुँदैन । यो मल मानव र पर्यावरण मैत्री छ ।

अर्गानिक लाईफले काठमाडौंको मनमैंजुमा तीन दिनमै कम्पोष्ट मल बनाउने परियोजना संचालनमा ल्याएको छ । अर्गानिक लाईफले कम्पोष्ट मल बनाउने यो विधि निःशुल्क सिकाउँदै आइरहेको छ । यो सीपबाट व्यवसायिक खेती गर्न चाहने, गरिरहेकाहरु लगायत नगरबासी र फोहर व्यवस्थापनसंग सरोकार राख्ने सबै लाभान्वित हुन सक्ने देखिन्छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell