top
ImageKhabar
मंगलवार, 3 पुष, 2075 Tuesday, December 18, 2018

ImageKhabar Archive

काँग्रेस भद्र सहमतिमा फर्किए राष्ट्रिय सरकार बन्छ : पोखरेल  |  Published: January 26, 2016  |  मंगलवार 12 माघ, 2072  |  12:55 PM  |  Viewed: 464 times

उदयपुर, माघ १२ । नेकपा एमालेका स्थायी समिति सदस्य शङ्कर पोखरेलले नेपाली कांग्रेस पुनः भद्र सहमतिमा फर्किए कांग्रेसको महाधिवेशनपछि कांग्रेस तथा मधेसकेन्द्रित दलसहितको राष्ट्रिय सरकार गठन हुन सक्ने बताएका छन् ।

प्रेस चौतारी नेपाल उदयपुरले आज सदरमुकाम गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पोखरेलले अब फागुनपछि राष्ट्रिय सरकार गठन हुने सम्भावना रहेको र त्यसमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई पनि सहभागी गराउन एमाले तयार रहेको बताए ।

अहिले संविधान संशोधनबाट मधेसी जनताको भावनकाको कदर गरिएको जिकिर गर्दै उनले मधेसी मोर्चाका केही माग भने पूरा हुन नसक्ने बताए ।

उनी कार्यकर्ता प्रशिक्षणको सिलसिलामा उदयपुर आएका हुन् । (रासस)

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell