top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive

तराई–मधेसको आन्दोलनलाई पेलेर मात्र समाधान हुँदैन: अध्यक्ष शर्मा  |  Published: January 26, 2016  |  मंगलवार 12 माघ, 2072  |  5:39 PM  |  Viewed: 820 times

काठमाडौं, माघ १२ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले राज्यको तराईलाई हेर्ने दृष्टिकोण स्पष्ट नरहेको बताएका छन् ।

१३ औं कृष्णमोहन–नुडुप स्मृति दिवसका अवसरमा मंगलबार ललितपुरमा गरिएको कार्यक्रममा आयोगका अध्यक्ष शर्माले तराई मधेसमा जारी आन्दोलनलाई पेलेर मात्रा समाधान नहुने बताए ।

justify;">उनले मधेस आन्दोलनको चाँडो भन्दा चाँडो सम्बोधन नभए समस्या आउनसक्ने चेतावनीसमेत दिए । कार्यक्रममा सशस्त्र प्रहरीका कायम मुकायम महानिरीक्षक दुर्जकुमार राईले सशस्त्र प्रहरी संस्थापक महानिरीक्षक कृष्णमोहन श्रेष्ठले गरेका कामको अनुशरणमा हिँडेको बताए ।

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले नेपाल प्रहरी र सशस्त्र प्रहरीको एकताले मात्र कृष्णमोहनको सपना पुरा हुने धारणा राखे ।

सशस्त्र प्रहरीका संस्थापक एवं प्रथम महानिरीक्षक कृष्णमोहन श्रेष्ठ, उनकी धर्मपत्नी नुडुप श्रेष्ठ र अंगरक्षक सूर्य रेग्मीको १३ वर्ष अघि तत्कालीन माओवादी विद्रोहीले हत्या गरेका थिए ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell