top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

नेपालबाट भारत प्रवेश गर्ने सवारीमा कडाइ, २३ नाकामा नयाँ नियम  |  Published: January 26, 2016  |  मंगलवार 12 माघ, 2072  |  4:03 PM  |  Viewed: 3528 times

वीरगन्ज, माघ १२ । सुरक्षाको कारण देखाउँदै भारतीय भन्सार कार्यालयले नेपालबाट भारत प्रवेश गर्ने सवारीमा कडाई गरेको छ ।

निर्वाध रुपमा भारत प्रवेश गर्दै आएका नेपाली नम्बरका गाडी भारतीय भन्सार कार्यालयको अनुमति बिना अव भारत प्रवेश गर्न नपाउने भएका हुन् ।

भारतले नेपाली नम्बरका मोटरसाइकललगायत सवारी–साधन एक दिनका लागि प्रवेश गर्दा पनि अनिवार्य रुपमा प्रवेश अनुमति लिनुपर्ने नियम लागू भएकोे रक्सौल कस्टमका एसिस्टेन्ट कमिस्नर कमलेश कुमारले जानकारी दिए ।

उनले रक्सौलसहित नेपाल–भारतका २३ व्यापारिक नाकामा यो नियम लागू गरिएको बताए । विहारको पटना सीमा शुल्क विभागले गत पुस १४ गते जारी गरेको सार्वजनिक सूचना अनुसार आजदेखि रक्सौल नाकामा पनि यो नियम लागू गरिएको रक्सौल भन्सारले जनाएको छ ।

नेपाली नम्वरका सवारी साधन विहान १० बजेदेखि साँझ ६ बजेसम्म मात्र प्रवेश गर्न पाउने जनाइएको छ । सुरक्षाको दृष्टिकोण र सीमा आवागमनलाई व्यवस्थित पार्नका लागि अस्थायी पासको नियम लागू गरिएको रक्सौल भन्सारका सूचना अधिकृत अभिषेक कमलले जानकारी दिए ।


खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell