top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive

वीरगन्ज नाकाबाट धमाधम मालसमान भित्रिन थाल्यो  |  Published: January 26, 2016  |  मंगलवार 12 माघ, 2072  |  4:04 PM  |  Viewed: 10942 times

वीरगन्ज, माघ १२ । भारतीय नाकाबन्दी र आन्दोलनरत मधेसी मोर्चाको धर्नाका कारण लामो समयदेखि बन्द रहेको वीरगन्ज नाकाबाट मालसमानहरु भित्रिने क्रम बढेको छ ।

रक्सौल भन्सारका अधिकारीहरुले नेपालमा भित्रने सामानहरुको निकासी कार्य सुरु गरेपछि रिक्सा, टांगा, साइकल र टायरमा समानहरु ल्याउने क्रम बढेको हो ।

justify;">भित्रिएको मालसमानहरु भने  अधिकांश तस्करी भएर बजारमा पुग्ने गरेको छ । सीमानाको मितेरी पुलमा मधेसी मोर्चाका धर्नाकारी बसे पनि वीरगन्ज र रक्सौलका व्यापारीहरुले दिनहुँ पुलमुनिबाट सहजै मालसामान भित्र्याउने गरेका छन् ।

भारतीय रक्सौल भन्सारले भन्सार प्रक्रिया पु¥याएर सामान छोडेपछि धार्नाकारीकै छेउबाट मालबस्तु भित्रिन थालेका हुन् । कतिपय ब्यापारीले रातिको समयमा पुलबाटै ठेला र टायर गाढामा सामान ल्याउने गरेका छन् ।

टाउकोमा बोकेर सीमा पार गराउनेहरुले भने दिउँसै मालसामान भित्र्याइरहेका छन् । वीरगञ्ज भन्सार कार्यालयले भारतबाट मालबस्तु आयातको क्रम बढेको र राजश्व संकलन पनि बढेको जनाएको छ ।

भन्सारका प्रवक्ता सुशील शर्माले एक हप्तादेखि दैनिक सरदर ३० लाखका दरले राजश्व उठिरहेको बताए । मितेरी पुलमा मधेसी दलले गर्दै आएको धार्नाको कारण ठुला सवारी साधन भने सञ्चालनमा आएका छैनन् ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell