top
ImageKhabar
मंगलवार, 30 असोज, 2075 Tuesday, October 16, 2018

ImageKhabar Archive

झापा–११ सेमिफाइनलमा, आहा–रारा फुटबलको सेमिफाइनल समीकरण पूरा  |  Published: January 26, 2016  |  मंगलवार 12 माघ, 2072  |  6:36 PM  |  Viewed: 1992 times

अपडेटः
पोखरा, माघ १२ । बंगलादेशको गजिरच्याट स्पोर्टिङ क्लबलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै झापा–११ पोखरामा जारी १४औं आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

यससँगै प्रतियोगिताको सेमिफाइनलमा पुग्ने सबै चार टोलीको टुंगो लागेको छ ।

यसअभि भएका क्वार्टरफाइनल खेलहरुमा विजयी हुँदै आयोजक सहारा, मनाङ–मर्स्याङ्दी र त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा पुगिसकेका छन् ।

पोखरा रंगशालामा मंगलबार भएको अन्तिम क्वार्टरफाइनलमा कर्ण लिम्बुको २ गोलको मद्दतमा झापाले बंगलादेशको गजिरच्याट स्पोर्टिङ क्लबलाई ४–१ ले पराजित गरेको हो । झापाका लागि गणेश खड्का र नगेन्द्र लिम्बुले थप एक–एक गोल गरे ।

गजिरच्याट स्पोर्टिङ क्लबलाई सीधै प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान दिइएकोे थियोे भने झापा–११ ले प्रिक्वार्टरफाइनलमा नेपाल पुलिस क्लबलाई हराएको थियो ।

झापाले अब सेमिफाइनलमा मनाङ–मर्स्याङ्दी क्लबको सामना गर्नेछ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell