top
ImageKhabar
मंगलवार, 30 असोज, 2075 Tuesday, October 16, 2018

ImageKhabar Archive

भेरी नदीमा सुन खोजीरहेको चिनियाँ टोलीलाई प्रमाणपत्रसहित आउन आदेश  |  Published: January 26, 2016  |  मंगलवार 12 माघ, 2072  |  4:35 PM  |  Viewed: 3414 times

जाजरकोट, माघ १२ । सुनको सम्भाव्यता गरिहेको धर्मश्री माइन नामक चिनियाँ कम्पनीका प्रतिनिधिलाई जिल्ला प्रशासन कार्यालयले प्रमाणपत्रसहित आउन आदेश दिएको छ ।

भेरीमालिका नगरपालिका–४ धल्ला र ५ मटेलामा सुनखानीको चिनियाँ नागरिक सङपिङको टोलीले एक महिनादेखि उत्खनन्को काम गरिरहेको छ ।

सम्भाव्यताको काम गरिहेको टोलीलाई प्रमाणपत्रसहित उपस्थित हुन आदेश दिइएको प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले बताए ।

भेरी नदीको बगरमा धर्मश्री माइन कम्पनीले प्रमाणपत्र नै नवीकरण नगरी जमिनमुनिबाट मेसिनद्वारा ड्रिल गरेर नमूना निकाली अध्ययन गरिरहेको थाहा पाएपछि स्थानीय प्रशासनले यस्तो आदेश दिएको हो ।

कम्पनीले स्थानीय प्रशासन तथा जिल्ला वन र वन उपभोक्ता समूहबाट अनुमति नलिएको बताइएको छ । रासस

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell