top
ImageKhabar
शनिबार, 3 कार्तिक, 2075 Saturday, October 20, 2018

ImageKhabar Archive

एन्फासम्बन्धी प्रतिवेदन राखेपलाई पेश, कर्माछिरिङलाई उपाध्यक्षमा कायम राख्न सुझाव  |  Published: January 26, 2016  |  मंगलवार 12 माघ, 2072  |  5:25 PM  |  Viewed: 686 times

काठमाडौं, माघ १२ । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा)का सम्बन्धमा छानबिन गर्न गठन गरेको समितिले राखेपलाई ७ बुँदे सुझावपत्र पेश गरेको छ ।

पछिल्लो समय ‘म्याच फिक्सिङ’, गणेश थापामाथि फिफाले गरेको प्रतिबन्धलगायतका घटनाहरु सार्वजानिक भएपछि राखेपले एन्फाका सम्बन्धमा अध्ययन गर्न ५ सदस्यीय छानबिन तथा सुझाव समिति गठन गरेको थियो ।

नेपाल सरकारका पूर्वसचिव प्रतापकुमार पाठकको संयोजकत्वमा गठन भएको छानबिन समितिले राखेपसमक्ष मंगलबार ७ बुँदे सुझावपत्र पेश गरेको हो ।

समितिले उपाध्यक्ष कर्माछिरिङ शेर्पालगायतका अन्य तीन पदाधिकारीहरुलाई निलम्बन गर्ने एन्फाको निर्णय विधिसम्मत् नभएको भन्दै उनीहरुलाई सो पदमा कायम राख्न राखेपलाई सुझाएको छ ।

साथै, साधारणसभाको निर्णय नभएसम्मका लागि एन्फाको कार्यकारी समितिलाई कुनैपनि नीतिगत तथा दीर्घकालीन असरपर्ने निर्णय नगर्न राखेपले निर्देशन दिनुपर्ने समितिको ठहर छ ।

यस्तै, फिफाको इथिक्स कमिटीले अध्यक्ष गणेश थापामाथि कारबाही गरेकाले अध्यक्ष पदलाई रिक्त गरी सो पदका लागि विधानसम्मत् निर्वाचन गराउनका लागि राखेपले पहल गर्नुपर्ने समितिको सुझाव छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell