top
ImageKhabar
शुक्रबार, 2 कार्तिक, 2075 Friday, October 19, 2018

ImageKhabar Archive

पकेटमार पक्रँदा नक्कली लाइसेन्स बनाउने गिरोह फन्दामा (भिडियो)  |  Published: January 26, 2016  |  मंगलवार 12 माघ, 2072  |  6:50 PM  |  Viewed: 3879 times

काठमाडौं, माघ १२ । प्रहरीले नक्कली सवारीचालकपत्र बनाउने गिरोहलाई पक्राउ गरेको छ ।

काठमाडौंको बागबजारस्थित बुद्ध स्क्रिन प्रिन्टका सन्चालक लालबहादुर तामाड, नमस्ते डिजाइन होमका सन्चालक साजन न्यौपाने, विशालनगरका जितेन्द्र खड्का र ठमेलका सूर्य कोइराललाई प्रहरीले पक्राउ गरेको हो ।

सूर्य कोइरालाको पाकेट मारेका पकेटमारहरुबीच पैसा र मोबाइल बाँडफाँटमा कुरा नमिलेपछि प्रहरीले उनीहरुलाई पनि पक्राउ गरी अनुसन्धान गर्दा नक्कली लाइसेन्स बनाउने गिरोह पक्राउ परेको हो ।

पकेटमारले चोरेको कोइरालाको ‘वालेट’बाट एकैजनाको नाममा दुईओटा लाइसेन्स फेला परेपछि अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

सो गिरोहबाट नक्कली लाइसेन्स ३ सय ५० थान, छाप, होलोग्राम, स्क्रिन बोर्ड, कम्युटर र प्रिन्टर बरामद गरेको पनि प्रहरीले जनाएको छ ।

उनीहरुले ५ हजारमा नक्कली लाइसेन्स बनाइ बिक्री गर्नेगरेको खुलेको पनि प्रहरीले बताएको छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell