top
ImageKhabar
मंगलवार, 25 मंसिर, 2075 Tuesday, December 11, 2018

ImageKhabar Archive

प्रधानमन्त्रीकै नाममा खोलियो नक्कली फेसबुक एकाउन्ट  |  Published: January 26, 2016  |  मंगलवार 12 माघ, 2072  |  7:20 PM  |  Viewed: 2409 times

काठमाडौं, माघ १२ । प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा नक्कली ‘आइडी’ प्रयोग गरी फेसबुक सन्चालन भइरहेकाप्रति प्रधानमन्त्री कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार प्रमोद दाहालले मंगलबार एक प्रेस विज्ञप्ति जारी गरी केपी ओलीको नाममा खोलिएको फेसबुक खाता प्रधानमन्त्रीको नरहेको जानकारी गराएका छन् ।

विज्ञप्तिमा हाल प्रधानमन्त्रीको व्यक्तिगत र ‘अफिसियल’ कुनैपनि फेसबुक खाता सन्चालनमा नरहेको स्पस्ट गरिएको छ ।

प्रधानमन्त्री ओलीको व्यक्तिगत फेसबुक र ट्वीटर एकाउन्ट हाल सन्चालनमा नरहेको र तिनमा पोस्ट गरिएका कुनैपनि सामग्रीप्रति विश्वस्त नरहन पनि विज्ञप्तिमार्फत् आग्रह गरिएको छ ।

हाल प्रधानमन्त्रीका अफिसियल ट्वीटर एकाउन्ट @pm_nepal मात्र सन्चालनमा रहेको बताइएको छ । रासस

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell