top
ImageKhabar
बिहीवार, 28 कार्तिक, 2076 Thursday, November 14, 2019

ImageKhabar Archive

रौतहटमा गाडी चल्न दिने मोर्चाको निर्णय  |  Published: January 26, 2016  |  मंगलवार 12 माघ, 2072  |  6:12 PM  |  Viewed: 1090 times

रौतहट, माघ १२ । रौतहटमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सार्वजनिक यातायातका साधन सन्चालन गर्न दिने भएको छ ।

मोर्चाको निर्णयसँगै रौतहटमा लामो समयदेखि बन्द रहेका यातायातका साधन सन्चालनमा आउने भएका छन् ।

मोर्चाआबद्ध दलहरुको मंगलबार बसेको बैठकले रौतहटको गौर–चन्द्रनिगाहपुर सडकखन्डको वीरेन्द्र राजमार्गमा यातायातका साधन चल्न दिने निर्णय गरेको हो ।

गत साउन २८ गतेदेखि मोर्चाको आन्दोलनसँगै रौतहटको वीरेन्द्र राजमार्गमा यातायातका साधन सन्चालन हुन सकेका थिएनन् ।

बन्दले सर्वसाधारण र बस व्यवसायी मर्कामा परेपछि यातायातका साधन सन्चालन हुन दिने निर्णय गरिएको मोर्चाका रौतहट संयोजक रामनिवास यादवले जानकारी दिए ।

यातायातका साधान सन्चालनमा आएपछि उखु किसानहरुलाई चिनी मिलसम्म उखु ढुवानी गर्न सहज हुनेछ ।

फाइल फोटो

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell