top
ImageKhabar
मंगलवार, 25 मंसिर, 2075 Tuesday, December 11, 2018

ImageKhabar Archive

आन्दोलनलाई अझ सशक्त बनाउन बृहत् मोर्चा बनाउँछौं : यादव  |  Published: January 26, 2016  |  मंगलवार 12 माघ, 2072  |  6:35 PM  |  Viewed: 852 times

विराटनगर, माघ १२ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एकतर्फीरुपमा गरिएको संविधान संशोधन मान्य नहुने बताएका छन् ।

मंगलबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले मधेसी मोर्चाका माग पूरा नभएसम्म आन्दोलन जारी रहने स्पस्ट पारे ।

अध्यक्ष यादवले आन्दोलनलाई अझ सशक्त बनाउन संघीयता पक्षधरसँग मिलेर बृहत् मोर्चा बनाउने पनि बताए ।

उनले सरकार वार्तालाई सफल बनाउनका लागि गम्भीर नभएको उल्लेख गर्दै सरकारले कालोबजारीलाई प्रोत्साहन गरिरहेको आरोप लगाए । रासस

फाइल फोटो

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell