top
ImageKhabar
मंगलवार, 25 मंसिर, 2075 Tuesday, December 11, 2018

ImageKhabar Archive

उपप्रधानमन्त्री केसीको ‘हरकत’प्रति यसरी बोले कांग्रेस नेता लेखक (भिडियो)  |  Published: January 26, 2016  |  मंगलवार 12 माघ, 2072  |  7:20 PM  |  Viewed: 4231 times

काठमाडौं, माघ १२ । नेपाली कांग्रेसको महाधिवेशनको कारण देखाउँदै व्यवस्थापिका–संसदको बैठक यही माघ २८ गतेसम्मका लागि स्थगित गरिएको छ ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसदहरु महाधिवेशन प्रयोजनका लागि राजधानीबाहिर रहने भन्दै बैठक स्थगित गरिएको हो ।

संसदको मंगलबारको बैठकमा कांग्रेस नेता रमेश लेखकले संविधान संशोधनको प्रस्तावको विपक्षमा उपप्रधानमन्त्री चित्रबहादुर केसीले मतदान गरेको भन्दै सरकारको आलोचना गरे ।

सरकारले आफैंले दर्ता र पारित गरेको संविधान संशोधन विधेयकको विपक्षमा उपप्रधानमन्त्रीले नै मतदान गर्नु लोकतान्त्रिक विधिविपरित भएको लेखकको भनाइ थियो ।

बैठकमा एमाओवादी सांसद अमनलाल मोदीले रंगेली घटना अत्यन्तै दुःखद रहेको भन्दै घटनाको छानबिन गरेर दोषीलाई कारबाही गर्न माग गरे ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell