top
ImageKhabar
मंगलवार, 3 पुष, 2075 Tuesday, December 18, 2018

ImageKhabar Archive

शेयरमा गिरावट  |  Published: January 26, 2016  |  मंगलवार 12 माघ, 2072  |  7:25 PM  |  Viewed: 388 times

काठमाडौं, माघ १२ । पछिल्ला दिन उकालो लाग्दै आएको शेयर बजारमा मंगलबार सामान्य गिरावट आयो ।

उतार–चढावबीच बजार परिसूचक नेप्से ४ अंकले ऋणात्मक रहेर १२ सय १८ मा थामियो । विकास बैंक र अन्यबाहेक कारोबार भएका अरु सबै समूह ऋणात्मक रहेसँगै नेप्से ओरालो लागेको हो ।

होटल, बीमा, जलविद्युत्, वाणिज्य बैंक र वित्त समूह रातो रहेका हुन् । होटल समूहमा सबैभन्दा उच्च २४ अंकले झर्‍यो । बीमा समूहमा पनि २२ अंकको कमी आयो ।

जलविद्युत् र वाणिज्य बैंक सामान्य अंकले ओरालो लागेका हुन् । विकास बैंक समूह भने सामान्य अंकले रातो रह्यो । अन्य समूह स्थीर रह्यो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा ९७ कम्पनीको ६ लाख ९७ हजार बराबर कित्ता शेयर ४० करोड २७ लाख बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell