top
ImageKhabar
मंगलवार, 3 पुष, 2075 Tuesday, December 18, 2018

ImageKhabar Archive

सुनको मूल्य बढ्यो  |  Published: January 26, 2016  |  मंगलवार 12 माघ, 2072  |  7:27 PM  |  Viewed: 2835 times

काठमाडौं, माघ १२ । पछिल्ला दिन उतार–चढाव रहँदै गरेको सुनको मूल्य मंगलबार एकैदिन तोलामा ६ सय रुपैयाँले बढेर ५१ हजार रुपैयाँनजिक पुग्यो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ६ सयले बढेर ५० हजार ९ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार १ सयले बढेर ५० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर ६ सय ८५ कायम भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार साँझसम्म सुन प्रतिऔंस ११ सय १२ डलरको हाराहारीमा कारोबार भएको थियो ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell