top
ImageKhabar
सोमबार, 2 पुष, 2075 Monday, December 17, 2018

ImageKhabar Archive

एनसेललाई पब्लिक कम्पनीमा लैजान सरकारलाई निर्देशन  |  Published: January 26, 2016  |  मंगलवार 12 माघ, 2072  |  7:36 PM  |  Viewed: 1824 times

काठमाडौं, माघ १२ । व्यवस्थापिका–संसदको विकास समितिले निजी क्षेत्रको दूरसन्चार सेवा प्रदायक एनसेललाई पब्लिक कम्पनीमा लैजान सरकारलाई निर्देशन दिएको छ ।

समितिको मंगलबार बसेको बैठकले ८० प्रतिशत विदेशी लगानीमा सन्चालित एनसेललाई पब्लिक लिमिटेड कम्पनीमा लैजान सरकारलाई निर्देशन दिएको हो ।

समितिले सूचना तथा सन्चार मन्त्रालय, उद्योग विभाग, आन्तरिक राजस्व विभाग, कम्पनी रजिष्टारको कार्यालय, नेपाल राष्ट्र बैंक तथा एनसेलका प्रतिनिधिलगायत सरोकारवाला निकायका प्रतिनिधिहरुलाई बोलाएर छलफल गरी उक्त निर्देशन दिएको हो ।

समितिले एनसेलसहितका सबै दूरसन्चार सेवा प्रदायकलाई पब्लिक लिमिटेड कम्पनीमा लैजान निर्देशन दिएको हो ।

समितिले एनसेलको शेयर खरिद–बिक्रीसम्बन्धी तथ्य सार्वजनिक गर्न पनि निर्देशन दिएको छ ।

साथै कम्पनी, विदेशी लगानी तथा प्रविधि हस्तान्तरणलगायतका कानुनमा सुधार गर्न पनि निर्देशन दिइएको छ ।

एनसेलमा अहिले मलेसियन कम्पनी एम्जियटाको ८० प्रतिशत र भावनासिंह श्रेष्ठको २० प्रतिशत लगानी रहेको छ ।

एक्जियटाले केही समय पहिलेमात्र युरोपेली कम्पनी टेलियासोनेराको शेयर खरिद गरेको थियो ।

समितिले टेलियासोनेराले शेयर बिक्रीबापत प्राप्त भएको लाभमा कर नतिरेको विषयमा छलफल गर्न सरोकारवाला निकायका प्रतिनिधिलाई बैठकमा बोलाएको थियो ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell