top
ImageKhabar
शनिबार, 3 कार्तिक, 2075 Saturday, October 20, 2018

ImageKhabar Archive

भन्सारमा मंगलबारदेखि ‘आसिकोडा वल्र्ड’ लागू, निजी क्षेत्रबाट स्वागत्  |  Published: January 27, 2016  |  बुद्धबार 13 माघ, 2072  |  7:57 AM  |  Viewed: 3194 times

काठमाडौं, माघ १२ । मंगलबारदेखि भन्सारमा स्वचालित भन्सार सूचना प्रणाली ‘आसिकोडा वल्र्ड’ लागू भएको छ ।

भन्सारमा यसअघि आसिकोडा लागू हुँदै आएको नयाँ प्रविधि आसिकोडा वल्र्ड लागू गरिएको हो ।

६४औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर मेची भन्सारमा ‘आसिकोडा वल्र्ड’ लागू गरिएको हो ।

भन्सार विभागले मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले तत्कालका लागि मेची भन्सारमा लागू हुने गरी ‘आसिकोडा वल्र्ड’ को सुरुआत गरेका हुन् ।

भन्सारलाई सूचना तथा प्रविधिमैत्री बनाउने उद्देश्यले ‘आसिकोडा वल्र्ड’ लागू गरिएको भन्सार विभागले जनाएको छ । यो सूचना–प्रविधिको प्रयोगलाई निजी क्षेत्रले स्वागत् गरेको छ ।

विभागले धरौटी व्यवस्थापन प्रणाली र नौओटा भन्सार विभाग अनुगमन गर्ने ‘इन्टरनेट प्रोटोकल क्यामेरा’ पनि विस्तार गरेको छ ।

अर्थमन्त्री पौडेलले सबै भन्सारलाई पूर्णस्वचालित प्रणालीमा लैजानुपर्ने भन्दै ‘आसिकोडा वल्र्ड’ प्रयोगमा ल्याइएको बताए । उनले भन्सारमा नगद कारोबार पूर्णरुपमा हटाउने गरी प्रविधिको प्रयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका, नेपाल उद्योग परिसंघका अध्यक्ष नरेन्द्रकुमार बस्न्यात, चेम्बर उपाध्यक्ष राजेन्द्र मल्लले भन्सारमा सूचना प्रविधिको प्रयोगका स्वागत् गरे ।

सूचना–प्रविधिको प्रयोगले भन्सारको कामलाई छिटो, छरितो र पारदर्शी बनाउने विश्वास गरिएको छ ।

अर्थ मन्त्रालयका राजश्व सचिव राजन खनालले चालु आर्थिक वर्षभित्रै अन्य भन्सारमा पनि यो प्रविधि लागू गरिने बताए ।

भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुंगानाले भन्सार प्रशासन सुधारकोरुपमा आसिकोडा वल्र्ड प्रणाली लागू गरिएको बताए ।

विभागले भन्सार सुधार, राजश्व प्रशासनमा पुर्‍याएको योगदानको कदर गर्दै निजी क्षेत्र, पूर्वभन्सार महानिर्देशक एवं पत्रकारलाई सम्मान गरेको थियो ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell