top
ImageKhabar
मंगलवार, 30 असोज, 2075 Tuesday, October 16, 2018

ImageKhabar Archive

अफगानिस्तानमा प्रहरीले नै गरे आफ्ना १० सहकर्मीको हत्या  |  Published: January 27, 2016  |  बुद्धबार 13 माघ, 2072  |  7:45 AM  |  Viewed: 2147 times

काठमाडौं, माघ १३ । अफगानिस्तानमा एक प्रहरीले आफ्ना १० सहकर्मीको गोली हानी हत्या गरेका छन् ।

विद्रोहीसँग मिलेको आरोप लागेका उरुगान प्रान्तका प्रहरी जवानले गोली हानी आफ्नै सहकर्मीको हत्या गरेको अफगानिस्तानका सरकारी अधिकारीहरुले जनाएका छन् ।

ती प्रहरी जवानले पहिले लागू औषध सेवन गरेको र त्यसपछि सहकर्मीमाथि गोली हानेको प्रत्यक्षदर्शीले बताएका छनु । हत्या गरिएका प्रहरी जवानका हतियार लिएर गोली हान्ने प्रहरी भागेको र उनको खोजी भइरहेको अफगान प्रहरीले जनाएको छ ।

ती प्रहरी जवान तालिवान विद्रोहीको गुप्चतर भएको हुनसक्ने आशंका गरिएको छ । अफगान प्रहरीमा आन्तरिक रुपमा हुने यस किसिमका आक्रमण निकै खतरनाक रुपमा छ । अहिलेसम्म एक सयभन्दा धेरै अफगान तथा अन्तर्राष्ट्रिय सुरक्षाकर्मीको यस किसिमको आक्रमणमा ज्यान गएको छ । (एजेन्सी)

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell