top
ImageKhabar
मंगलवार, 25 मंसिर, 2075 Tuesday, December 11, 2018

ImageKhabar Archive

भारतमा आफ्नो संजाल बनाउन खोज्दैछ आइएस, ३० हजार भारतीयसँग सम्पर्क  |  Published: January 27, 2016  |  बुद्धबार 13 माघ, 2072  |  8:25 AM  |  Viewed: 3807 times

नयाँ दिल्ली, माघ १३ । अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस) ले भारतमा आफ्नो संजाल विस्तार गर्न चाहेको छ । सो संगठनले यसका लागि ३० हजार भारतीयसँग सम्पर्क गरिसकेको बताइन्छ ।

समाचार एजेन्सीहरुका अनुसार आइएसले समवेदनशील सरकारी डाटालाई निशाना बनाउन चाहेको छ । यसका लागि आइएसले भारतीय ह्याकरसँग सम्पर्क गर्दै आकर्षक रकमको प्रस्तावसमेत गरेको बताइन्छ ।

आइएसले सो कार्यका लागि प्रत्येक ह्याकरलाई १० हजार अमेरिकी डलरभन्दा बढीको तलव प्रस्ताव गरेको छ । भारतीय ह्याकरहरुका लागि यो अहिलेसम्मकै आकर्षक प्रस्ताव रहेको बताइन्छ ।

बेलायती संचारमाध्यम डेली मेलले जनाएअनुसार आइएसले सोशल नेटवर्किङ बेभसाइट ट्वीटर र फेसबुकबाट त्यस्ता व्यक्तिको खोजी गर्न ह्याकरहरुलाई भनेको छ, जो आइएससँग काम गर्न वा सक्रिय सदस्य बन्न चाहन्छन् ।

सुरक्षा विशेषज्ञलाई उद्धृत गर्दै डेली मेलले जनाएअनुसार आइएसले करिब ३० हजार भारतीयसँग सम्पर्क गरिसकेको छ । भारतमा आफ्नो पहुँच बढाउनका लागि आइएसले निकै आकर्षक आर्थिक प्याकेजको घोषणा गरेको छ । आइएसले सम्पर्क गरेका ३० हजारमध्ये केहीले आइएसको प्रस्ताव स्वीकार गरेको डेली मेलले दाबी गरेको छ ।

आइएसले भर्ती गरेका ती ह्याकरहरु सिरियामा रहेका आइएसका नेताहरुसँग नियमित सम्पर्कमा रहने गरेको बताइन्छ । (एजेन्सी)

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell