top
ImageKhabar
शनिबार, 3 कार्तिक, 2075 Saturday, October 20, 2018

ImageKhabar Archive

महासचिब मुनले आतंकबादलाई प्रोत्साहन दिए: इजरायली प्रधानमन्त्री  |  Published: January 27, 2016  |  बुद्धबार 13 माघ, 2072  |  8:52 AM  |  Viewed: 639 times

काठमाडौं, माघ १३ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले संयुक्त राष्ट्रसंघका महासचिव बानकी मुनले आतंकवादलाई प्रोत्साहन गरिरहेको आरोप लगाएका छन् ।

महासचिव वानले संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को बैठकमा प्यालिस्टेनीहरुमाथि इजरायलले गरेको कारवाहीको निन्दा गरेपछि प्रधानमन्त्री नेतनन्याहुले यस्तो आरोप लगाएका हुन् ।

बैठकमा महासचिव मुनले प्यालेस्टीनीहरुलाई उदृत गर्दै दमनको विरुद्ध उठ्नु मानवीय स्वभाव हुने भनि टिप्पणी गरेका थिए । आधा शताब्दीदेखिको निरन्तर द्वन्द्वका कारण  प्यालेस्टेनी युवा पुस्तामा देखिएको अलगाववाद र चरम निराशाले शान्तिप्रक्रियालाई कमजारे बनाएको उनको भनाई थियो ।

तर इजरायली प्रधानमन्त्री नेतन्याहुले भने संयुक्त राष्ट्रसंघले धरै पहिलादेखि नै आफ्नो निष्पक्षतालाई कायम गर्न नसकी आफ्नो नैतिक शक्तिलाई गुमाएको आरोप लागएका छन् ।

प्यालेष्टेनी हमलाकारीहरुले नयाँ राज्यको निर्माण भन्दा पनि राज्य ध्वंसको बाटोमा लागेको उनको टिप्पणी छ  । पछिल्लो चार महिना यता भएका हिंसामा १ सय ५८ प्यालेस्टीनी, २८ इजरायली, एक अमेरिकी र एक इरिट्रियन नागरिकको मृत्यु भएको छ । (एजेन्सी)

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell