top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

अस्पतालका चिकित्सक र कर्मचारीबीचको विवादले विरामीलाई सास्ती  |  Published: January 27, 2016  |  बुद्धबार 13 माघ, 2072  |  9:29 AM  |  Viewed: 306 times

सिन्धुली, माघ १३ । सिन्धुली जिल्ला अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालयमा केही दिन यता चिकित्सक र कर्मचारीबीच विवाद हुँदा उपचार सेवा प्रभावित बनेको छ  ।

जिल्ला अस्पतालका मेसु चिकित्सक फणिन्द्रप्रसाद बराल र महिला तथा प्रसुति रोग विशेषज्ञ चिकित्सक सुमित्रा गौतमबीच आन्तरिक विवाद हुँदा विभिन्न मेडिकल डिपार्टमेण्टबाट सेवाग्राहीलाई प्रदान गरिने स्वास्थ्य सेवा प्रभावकारी हुन नसकेका हुन् ।

जनस्वास्थ्य कार्यालय सिन्धुलीको प्रमुखको समेत जिम्मेवारी सम्हाल्नु भएका चिकित्सक फणिन्द्रप्रसाद वराल, लेखा अधिकृत रामजीप्रसाद कोइराला तथा विभिन्न विषयगत फोकल पर्सनबीच आन्तरिक विवादका कारण जिल्लामा सञ्चालन गरिने स्वास्थ्य शिविर, अस्पतालहरु र स्वास्थ्य केन्द्रहरुकोे सर सफाई, वोलपत्र आह्वान र औषधिको आपुर्तिलगायतका क्रियाकलाप सञ्चालन हुन सकेका छैनन् ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell