top
ImageKhabar
मंगलवार, 30 असोज, 2075 Tuesday, October 16, 2018

ImageKhabar Archive

हेवा खोला ‘ए’ जलविद्युतको काम चार महिना पछि सर्‍यो  |  Published: January 27, 2016  |  बुद्धबार 13 माघ, 2072  |  9:57 AM  |  Viewed: 713 times

पाँचथर, माघ १३ । पाँचथरको हेवा खोला ‘ए’ जलविद्युत् आयोजनाको काम चार महिना पछि सरेको छ । लामो समयदेखिको तराई बन्दका कारण इन्धन अभाव भएपछि १५ मेगावाट क्षमताको आयोजनाको काम चार महिना पछि सरेको हो ।

निर्माण कार्य अन्तिम चरणमा पुगेको परियोजना चैत मसान्तमाल मात्र सकिने आयोजनाको जिम्मा लिएको पाँचथर पावर कम्पनीका प्रमुख पुष्पज्योति ढुंगानाले जानकारी दिए ।

मंसिर मसान्तसम्म आयोजनाको काम सक्ने लक्ष्य राखिए पनि इन्धन अभावका कारण आयोजनाको काम चार महिना पर सर्न पुगेको हो । २०६९ साल मंसिरदेखि सुरु गरिएको यो आयोजनाको २ अर्ब १६ करोड रुपैयाँमा सक्ने लक्ष्य राखिएको थियो ।

तर काम सकिँदासम्म थप आठ करोड रुपैयाँ लागत बढ्ने आयोजनाले जनाएको छ । इन्धन अभावका कारण तीन महिना यता आयोजनाको कुनै पनि काम हुन सकेको छैन भने कर्मचारीलाई समेत विदा दिइएको छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell