top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

१५५ जनाको खोजीमा बर्दिया राष्ट्रिय निकुञ्ज  |  Published: January 27, 2016  |  बुद्धबार 13 माघ, 2072  |  10:00 AM  |  Viewed: 1229 times

बर्दिया, माघ १२ । बर्दिया राष्ट्रिय निकुञ्जले चोरी–सिकार नियन्त्रण अभियानलाई आगामी दिनमा अझ प्रभावकारी बनाउने भएको छ ।

निकुञ्जले नेपाल प्रहरी, प्रशासन, नेपाली सेना, जिल्ला वन, समुदाय र युवा समितिसँगको संयुक्त सहकार्यमा सो कार्यलाई अझ प्रभावकारी बनाउन लागेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाले बताए ।

यसैबीच बर्दिया राष्ट्रिय निकुञ्जबाट गैँडा, हात्ती, बाघलगायत ठूला र अन्य ससाना जनावरको चोरी–सिकार गरी फरार अभियुक्तको खोजी कार्यलाई पनि तीव्र बनाइने निकुञ्जले जनाएको छ । निकुञ्जमा विभिन्न मुद्दाका फरार १५५ जनालाई तत्काल खोजी गरी आवश्यक कारबाही गरिने संरक्षण अधिकृत थापाले बताए ।

निकुञ्जमा विभिन्न मुद्दा लागेका २३६ मध्ये ८१ जनालाई निकुञ्जले पक्राउ गरी ऐननियमबमोजिम कारबाही गरिसकेको जनाएको छ । (रासस)

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell