top
ImageKhabar
सोमबार, 2 पुष, 2075 Monday, December 17, 2018

ImageKhabar Archive

बंगुरपालन बाट मासिक २० हजार आम्दानी  |  Published: January 27, 2016  |  बुद्धबार 13 माघ, 2072  |  10:06 AM  |  Viewed: 1031 times

रोल्पा, माघ १३ । रोल्पा जंकोटका जगवीर पुनले सुरु गरेको व्यवसायिक बंगुरपालन जिल्लाकै लागि उदाहरणीय बनेको छ । बंगुरपालन व्यवसायबाट मासिक २० हजार रुपैयाँसम्म आम्दानी गर्न पुन सफल भएसँगै जिल्लाका अन्य किसानसमेत आकर्षित बनेका हुन् ।

बंगुर पालन व्यवसायलाई व्यावसायिक रुपमा अगाडि बढाउन सकियो भने थोरै लगानीमा पनि गाउँमै बसेर राम्रो आम्दानी गर्न सकिने किसान पुनको विश्वास छ ।

गाउँमै व्यवसाय गर्नका लागी उनले भारतीय सेनाको जागीर समेत छोडेर आएका हुन् । एक लाख पचास हजार रुपैयाँको लगानीबाट चार वटा बंगुर राखेर शुरु गरेको व्यवसायबाट अहिले १० भन्दाबढी बंगुर पुगेका छन् । बजारको समेत समस्या नभएपछि जिल्लामा यो व्यवसाय गर्नेहरुको संख्या बढ्दै गएको छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell